राजनीति
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन्छौँ तर रेशम चौधरीसहित थारु बन्दीहरु रिहा नभएसम्म प्रतिपक्षमै बस्नेछौँः रञ्जिता श्रेष्ठ
०

काठमाडौं, पुस २६-
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आज मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने तर सरकारमा सहभागी नहुने बताएकी छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले रेशम चौधरीसहित थारु बन्दीहरु रिहा नभएसम्म आफूहरु प्रतिपक्षमै बस्ने बताइन् । ‘तपाईको सरकारलाई विश्वासको मत दिन्छौं, किनभने राष्ट्रपतिसमक्ष हस्ताक्षर गरेर समर्थन जनाइसकेपछि हामी झुटा हुन चाहदैनौं’ उनले प्रधानमन्त्रीलाई भनिन्, ‘धेरै माननीयलाई लाग्ला विश्वासको मत दिएर पनि किन प्रतिपक्षमा भन्ने, यसको उत्तर तपाईंसँगै छ ।’
प्रधानमन्त्री प्रचण्डले दिएको मौखिक वाचा पूरा भएको भए आफूहरु सत्तापक्षकै कुर्सीमा बस्ने थियौं भन्दै अध्यक्ष श्रेष्ठले भनिन्, ‘जबसम्म हाम्रो माग पूरा हुँदैन, तबसम्म हामी प्रतिपक्षकै कुर्सीमा बस्नेछौं ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























