राजनीति

पृथ्वी जयन्तीमा विदा दिएकोमा अध्यक्ष लिङ्देनले सरकारलाई दिए धन्यवाद

Banner

काठमाडौं, पुस २६-

सरकारले पुस २७ गते नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको जन्म दिनका दिन सार्वजनिक बिदा दिएकोमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारलाई धन्यवाद दिनुभएको छ। हिजो सोमबार बसेको मन्त्रिपरिषद बैठकले राजा पृथ्वीनारायण शाहको जन्म जयन्तीको दिन २७ पुसमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

मंगलबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा समर्थन गर्दै अध्यक्ष लिङ्देनले सरकारलाई धन्यवाद दिएका हुन् । ‘राष्ट्र निर्मातालाई सम्मान गरेर जाँदाखेरि कसैले पनि हिनताबोध गर्नुपर्दैन, पृथ्वीनारायण शाह थिए र नेपाल भन्ने राष्ट्र छ । नेपाल राष्ट्र छ र पुष्पकमल दाहाल प्रचण्ड नेपालको प्रधानमन्त्री हुनुहुन्छ’ उनले भने ।

अध्यक्ष लिङ्देनले पृथ्वीनारायण शाहले नेपालको नाम र पहिचान दिने काम गरेकाले उयनलाई सम्मान गर्न हिनताबोध गर्नु नपर्ने धारणा राखे ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>