राजनीति

गण्डकीका नवनियुक्त मुख्यमन्त्री अधिकारीले २९ पुसमा विश्वासको मत लिने

Banner

पोखरा, पुस २६-

नवनियुक्त गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले २९ पुसमा विश्वासको मत लिने भएका छन् । बिना विभागीय मन्त्री पञ्चराम गुरुङका अनुसार आज मंगलबार भएको छलफलबाट शुक्रबार मुख्यमन्त्रीले विश्वासको मत लिने निर्णय भएको हो ।

‘मन्त्री गुरुङले भने, आज बिहान गरेको छलफलबाट विश्वासको मत लिने भन्ने भएको छ । बाँकी छलफलमै छौं’,। नेकपा एमालेका खगराज अधिकारीले नेकपा एमाले, माओवादी, राप्रपा र राजीव गुरुङ ‘दीपक मनाङे’सहित ३३ जनाको समर्थनमा सोमबार मुख्यमन्त्री नियुक्त भएका थिए ।

अधिकारीले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गर्दा एमालेका २२, माओवादीका ८ र राष्ट्रिय प्रजातन्त्र पाटी ९राप्रपा० का २ र एकीकृत समाजवादीका एक जना गरी ३३ सांसदको समर्थन गरेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>