चितवन विशेष

चितवनमा श्रीमान-श्रीमती मृत फेला

Banner

काठमाडौं, पुस २६-

चितवनमा श्रीमान-श्रीमती मृत फेला परेका छन्। मंगलबार बिहान भरतपुर महानगरपालिका-२९ लमजुङगे टोल भन्ने स्थानमा एक घरमा श्रीमान-श्रीमती मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नरहरि अधिकारीले नारायणी अनलाइनलाई जानकारी दिए।

मृत फेला पर्नेमा २२ वर्षीय प्रेम रानामगर र उनकी २१ वर्षीया श्रीमती शान्ति भनिने बुद्धिमाया रानामगर छन्। डिएसपी नरहरि अधिकारीका अनुसार शान्तिको शव बाहिर फेला परेको छ। यस्तै, प्रेमको शव भने कोठाभित्र झुन्डिएको अवस्थामा फेला परेको छ।

यो घटना हत्यापछि आत्महत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ। शान्तिको शरीरमा केही चोट पनि देखिएको डिएसपी अधिकारीले बताए। घटनाको थपअनुसन्धान भइरहेको उनले बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>