राजनीति
नवनियुक्त मुख्यमन्त्री जम्कट्टेलको पहिलो निर्णय-मन्त्रालय घटाउन कार्यदल गठन
०

हेटौँडा,पुस २६-
वागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मुख्यमन्त्रीको पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै जम्कट्टेलले प्रदेशको मन्त्रालय घटाउन कार्यदल निर्माण गरिएको निर्णयमा हस्ताक्षर गरे ।
मन्त्रालय कटौती गर्ने कार्यदल मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा ५ सदस्यीय समिति निर्माण भएको छ ।
कार्यदलले बढीमा १५ दिन भित्र मुख्यमन्त्रीलाई प्रतिवेदन पेश गर्ने छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























