Breaking News

कांग्रेसले बोलायो कार्य सम्पादन समितिको बैठक

Banner

काठमाडौं, पुस २६- 

नेपाली कांग्रेस संसदीय दलको बैठक कार्य सम्पादन समितिको बैठक पछि मात्रै बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा एक मत नभएपछि कांग्रेसले कार्य सम्पादन समितिमा पनि छलफल गर्न लागेको हो ।

बिहान साढे ११ बजे कार्य सम्पादन समितिको बैठक बस्ने र त्यसको निर्णय अनुसार संसदीय दलको बैठकबाट विश्वासको मतबारे औपचारिक निर्णय लिने कांग्रेसका एक नेताले बताए ।

विश्वासको मतबारे आज बिहान कांग्रेस पदाधिकारीको बैठकमा पनि छलफल भएको छ । पदाधिकारी बैठक लम्बिएपछि संसदीय दलको बैठक पनि पछि धकेलिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>