चितवन विशेष
चितवनमा पुस २७ गते साँझ नेपाली चलचित्र ‘तिम्रो मेरो साथ’ को प्रथम विशेष प्रदर्शनी हुने

चितवन, पुस २५
पुस २९ गते देशव्यापी सार्वजनिक हुने साम्राज्ञी राज्यलक्ष्मी शाह तथा पुष्प खड्का अभिनित चलचित्र ‘तिम्रो मेरो साथ’ प्रथम विशेष प्रदर्शनी चितवनमा हुने भएको छ ।
लक्की मिडिया हाउस चितवनको आयोजनामा पुस २७ गते साँझ ६ बजे चितवनमा चलचित्रका कलाकारहरुको साथमा विशेष प्रदर्शनी हुने भएको हो ।
नेपाली सिनेमा क्षेत्रका हरेक गतिबिधिलाई प्राथमिकतामा राख्दै नयाँ तथा पुराना चलचित्रहरुको प्रचार–प्रसार र सिनेमा क्षेत्रको प्रवद्र्धनको लागि निरन्तर लागिरहेको मिडिया हाउसले आम दर्शकहरुको रोजाईमा नयाँ नेपाली चलचित्र ‘तिम्रो मेरो साथ’ को विशेष प्रदर्शनी गर्ने जनाएको छ ।
विशेष प्रदर्शनीमा चलचित्र ‘तिम्रो मेरो साथ’ का कलाकार सँगै अन्य राष्ट्रिय कलाकारहरुलाई पनि सम्मान गरिने मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ले जानकारी दिए । लक्की मिडिया हाउस चितवनले विभिन्न नेपाली चलचित्रहरुको कलाकाहरुको साथमा रेड कार्पेट प्रिमियर शो, प्रिमियर शो, विशेष शो तथा च्यारिटी शो गर्दै आएको छ । यसअघि पनि विभिन्न कलाकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वलाई चलचित्रको विशेष शोको आयोजना गर्दै सम्मान गरेको थियो ।
नेपाली चलचित्र उद्योगको प्रवद्र्धनमा निरन्तर लागि रहेको लक्की मिडिया हाउसले पछिल्लो समयममा नेपाली चलचित्र क्षेत्रले बजारमा एक पछि अर्को फड्को मार्दै अगाडि बढिरहेको बेला थप सहयोग पुग्ने आशाले चलचित्रको थप उन्नतिको लागि यस्ता शोलाई बिशेष प्राथामिता दिदैँ आएको जनाएको छ । कलाकारिता कर्ममा विगत लामो समयदेखि लागि परेका श्रष्टालाई हौसला प्रदान गर्न उक्त कार्यक्रमको आयोजना गरिएको महाप्रवन्धक हरी कार्की ‘लक्की’ले नारायणी अनलाइनलाई बताए ।
त्रिकोणत्मक प्रेम कहानीमा आधारित चलचित्र ‘तिम्रो मेरो साथ’ रमेश एमके पौडेलको निर्माण तथा निर्देशनमा रहेको चलचित्रमा साम्राज्ञी तथा पुष्पको अलावा सन्दिप क्षेत्री, इमिली लामा, सरोज खनाल, दिपिशा केसी, खड्कबहादुर पुन ‘खबपु’ को अभिनय छ ।
चलचित्र सबिर श्रेष्ठ तथा बाबुराम निरौलाले लेखेका हुन् । आर्यन फिल्मस् र बोधी एचडिको ब्यानरमा निर्माण भएको फिल्ममा पासाङ लामा निर्माता हुन भने निरू भण्डारी, अशोक पोखरेल, सुमन पौडेल तथा सुधिर पराजुली सह–निर्माताका रूपमा रहेका छन् । यसैगरी सविर श्रेष्ठ सिनेमाका कार्यकारी निर्माता हुन् ।






















