खैरहनी

खैरहनीको कंकाली मावि अध्यक्षमा ज्ञानबहादुर विसुराल

०
Banner

चितवन, पुस २५–

रत्ननगर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष ज्ञानबहादुर विसुराल खैरहनी नगरपालिका–१ मा रहेको कंकाली माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा निर्विरोध चयन भएका छन् ।

अभिभावक भेलाबाट निर्विरोध निर्वाचित भएका सदस्यहरुले विसुराललाई अध्यक्ष पदमा मनोनित गर्ने निर्णय गरेका हुन् । समितिका

सदस्यहरुमा एकनारायण ढकाल, उद्धवप्रसाद खतिवडा, रिता पुरी महतो, गंगा थापा पोखरेल, सीता चौधरी, वडाध्यक्ष नवराज भुसाल र सदस्य–सचिव अन्जना आचार्य रहेका छन् । शिक्षक प्रतिनिधि भोलि शिक्षक स्टाफको बैठकबाट छनौट हुने प्रधानाध्यापक अन्जना आचार्यले बताइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>