Breaking News

१० वर्षपछि भरतपुरको बेतरी खोलामा बन्ने भयो नयाँ पुल, मेयर दाहालले शिलान्यास गरेपछि स्थानीय हर्षित

Banner

चितवन, पुस २५–

चितवनको भरतपुर महानगरपालिका–२७, स्थित बेतरी खोलामा रहेको पक्की पुल वि.सं.२०७१ सालमा आएको बाढीले भत्काईदियो । मेघौलीको तेलौली र साविक वडा नं.९ जोड्ने उक्त पुल भत्किदा स्थानीयले लामो समयसम्म सास्ती व्यहोर्दै आए । अब यो समस्या दुई वर्षभित्रमा हट्ने भएको छ ।

सोमबार भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले सोही स्थानमा नयाँ पुल निर्माणको लागि शिलान्यास गरिन् । उक्त आरसीसी पुल आगामि वि.सं.२०८१ मंसिर २७ गतेभित्र सम्पन्न गरिसक्ने सम्झौता भएको छ । गत मंसिरमा पुल निर्माणका लागि जिएमआर कन्सट्रक्सन नेपाल प्रा.लि.संग सम्झौता भएको छ । यस पुलको लागत ३ करोड ३४ लाख १३ हजार रुपैयाँ रहेको सडक डिभिजिन कार्यालय भरतपुरले जनाएको छ ।

पुलको शिलान्यास गर्दै मेयर दाहालले वर्खायाममा स्थानीयले भोग्दै आएका समस्या अब समाधान हुने बताइन् । उनले महानगरले आफ्नो क्षेत्रभित्रका धेरै पुलहरु निर्माणलाई प्राथमिकतामा राखेर अघि बढेको भन्दै यस पुल निर्माणका लागि प्रधानमन्त्री पुष्पकमल दाहालको उल्लेखीय योगदान रहेको बताइन् । ‘अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहालज्यू यसअघि यसै क्षेत्रको माननिय हुनुहुन्थ्यो, यो पुलका लागि उहाँको ठूलो योगदान छ, भरतपुरका धेरै पुल निर्माणका लागि उहाँको योगदान छ’–मेयर दाहालले भनिन् । उनले महानगर भित्रका कलभर्ट निर्माणदेखि अन्य पुल निर्माण पाँच वर्षमा धेरै सम्पन्न भइसकेको भन्दै आउँदो कार्यकाल भित्र धेरै पुलहरु निर्माण भइसक्ने बताइन् ।

यस्तै मेयर दाहालले मेघौली क्षेत्रका धेरै सडकहरुमा पीच निर्माणको काम भइरहेको र केही सम्पन्न भइसकेको बताइन् । कतिपय सडक ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण सडक निर्माणमा ढिलाईरहेको भन्दै अब ढिलाई गर्ने छुट नभएको बताइन् । मेयर दाहाललाई स्थानीयले बाजागाजाले स्वागत गरेका थिए । पुल शिलान्यास भएपछि स्थानीयबासी निकै खुशी भएका छन् । स्थानीय लक्ष्मी पौडेल १० वर्षपछि पुल निर्माण हुन लागेको निकै खुशी लागेको बताइन् । निकै हर्षित मुद्रामा देखिएकी पौडेलले भनिन्–‘आज हामी निकै खुशी छौं, १० वर्षसम्म यो भत्केको पुल अलपत्र प¥यो, हामी जनताले निकै सास्ती भागेका थियौं, मेयर रेनु दाहालज्यूले बजेट पारेर पुल निर्माणको प्रक्रिया अघि बढाई दिँदा हामी धेरै खुशी छौं ।’

शिलान्यासस्थलमा स्थानीयको भीड लागेको थियो । त्यहि भिडमा थिए राधाकृष्ण धिताल । पुल निर्माण हुँदै गर्दा उनीमा पनि छुट्टै उत्साह थियो नै अर्कोतर्फ समयमै काम सम्पन्न नहोला कि भन्ने डर पनि । धिताल भन्छन्–‘यो पुल नहुँदा हामी धेरै दुःख पाएका छौं, यो पुल छिट्टै निर्माण होस्, समयमै सम्पन्न हुन्छ भन्नेमा आशाबादी छौं, ढिलाई भयो भने हामी खबरदारी गर्नेछौं ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>