चितवन विशेष

क्षेत्रपुरको एपेक्स एकेडेमीको शैक्षिक प्रदर्शनी

Banner

चितवन, पुस २५-

भरतपुर महानगरपालिका–२ क्षेत्रपुरमा रहेको एपेक्स एकेडेमीमा अध्ययनरत विद्यार्थीले शैक्षिक प्रदर्शनी गरेका छन् ।

विज्ञान तथा होटल व्यवस्थापनमा अध्ययनरत विद्यार्थीले प्रदर्शनी गरेका हुन् ।

प्रयोगात्मक विषयअन्तर्गत उनीहरुले विभिन्न समूह बनाएर प्रतियोगितात्मक प्रदर्शनी गरेको एपेक्स एकेमेडीमा प्राचार्य दिनेशचन्द्र पुरीले जानकारी दिए । विज्ञान संकायमा अध्ययनरत विद्यार्थीको १० वटा समूह रहेको थियो भने होटल व्यवस्थापनमा अध्ययन गर्नेहरु ६ वटा समूह रहेका थिए ।

विज्ञान प्रदर्शनीमा वातावरण क्षेत्रमा पार्ने प्रभाव, डोजर, थ्रिडी, सफटवेयर, भूकम्पसम्बन्धी सचेतना, पानी पर्ने प्रभावलगायतको बारेमा प्रदर्शनी गरेका थिए । होटल व्यवस्थापन समूहका विद्यार्थीले नेपाली, भारतीय, चाइनिजलगायत विभिन्न देशका परिकार बनाएर प्रदर्शनी गरेका थिए । एक हप्तासम्म चलेको विभिन्न शैक्षिक कार्यक्रमको सोमबार समापन भएको थियो ।

प्रतियोगिता कार्यक्रममा वीरन्द्र वहुमुखी क्याम्पसका विभागीय प्रमुखहरु निर्णायक मण्डलमा रहेका थिए । कार्यक्रममा भरतपुर महानगरपालिकाको शैक्षिक महाशाखाका अधिकृत ऋषिराम शर्मा, वडा नं. २ का अध्यक्ष मनोज रानाभाटको उपस्थिति रहेको थियो । प्रर्दशनीको होटल व्यवस्थापन तर्फका प्राध्यापक सुजन भण्डारी, विज्ञान समूहका प्राध्यापक तुलसीराम न्यौपानेले सहजीकरण गरेका थिए । समापन कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम भएका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>