देश/प्रदेश

एमाले, कांग्रेस, माओवादीको कार्यकर्ता नभएको र थारु भएकै कारण रेशमसँगै अरुलाई पाँच वर्षदेखि जेलमा राखियोः रञ्जिता

Banner

काठमाडौँ, पुस २५-

नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले रेशम चौधरीलाई कांग्रेस, एमाले र माओवादीजस्ता ठूला पार्टीका कार्यकर्ता नभएकै कारण रेशम चौधरीलाई झुटा मुद्दा लगाएको आरोप लगाएकी छन् । प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले आफ्नो अधिकार मागेर हिँडेका चौधरीसहित राजबन्दीलाई थारूको छोरा तथा राजनीतिक संरक्षण नभएकै कारण मुद्दा लगाइएको बताएकी हुन् ।

न्याय खोज्दै संसदमा आइपुगेको बताउँदै उनले भनिन्, ‘रेशम चौधरीलाई किन मद्दा लगाइयो ? कांग्रेस, एमाले, माओवादीको ठूला दलको नेता नभएकै कारण मद्दा लगाइयो र थारु भएकै कारण रेशमसँगै अरुलाई पाँच वर्षदेखि जेलमा राखियो ।’

त्यस्तै चौधरीकी पत्नीसमेत रहेकी उनले चौधरीलाई राज्यले विभिन्न चरणमा सम्मान गरेको स्मरण गराइन् । टीकापुरमात्र होइन अन्य स्थानमा भएका हत्याहिंसाको पक्षमा आफूहरू पनि नरहेको भन्दै उनले न्यायका नाम ज्यादती गर्न नपाइने बताइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>