Breaking News
माओवादी नेता शालिकराम जमरकट्टेल बने बागमतीको मुख्यमन्त्री, एमालेसँग आलोपालो गर्ने सहमति

चितवन, पुस २५–
बागमती प्रदेशमा नेकपा (माओवादी केन्द्र) का सांसद शालिकराम जमरकट्टेल मुख्यमन्त्री नियुक्त भएका छन्।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोमबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
जमरकट्टेलले नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी) का ७० जना सांसदको समर्थनमा मुख्यमन्त्री दाबी गरेका थिए ।
जमरकट्टेल यसअघिको कार्यकालमा आन्तरिक मामिला मन्त्री र अर्थ मन्त्री बनेका थिए । जमरकट्टेल २०७४ र २०७९ मा धादिङबाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए ।
११० सदस्यीय बागमती प्रदेश सभामा सरकार बनाउने ५६ सिट चाहिन्छ। प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, नेपाल मजदुर किसान पार्टी र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् । सत्तारूढ गठबन्धनका दलहरूले बागमतीको मुख्यमन्त्री माओवादी केन्द्र र एमालेबीच आलोपालो गर्ने सहमति भएको छ ।
























