Breaking News
सत्तारुढ गठबन्धनमा प्रदेशको भागबण्डा टुंगो लाग्यो, बागमतीमा एमाले र माओवादीको आलोपालो नेतृत्व

काठमाडौं, पुस २४–
लामो रस्साकस्सीपछि सत्तारुढ गठबन्धन दलहरुले प्रदेश सरकार गठनको बाँडफाँट टुंगो लगाएका छन् ।
आज (आइतबार) साँझ दलहरुबीच बालुवाटारमा भएको छलफलमा बाँकी रहेका ६ वटा प्रदेशको भागबण्डा टुंगो लगाएको हो । सहमति अनुसार गण्डकी र लुम्बिनीमा एमालेले सरकार बनाउने छ । संघीय राजधानी समेत रहेको बागमती प्रदेश र सुदूरपश्चिममा एमाले र माओवादीले आलोपालो सरकार बनाउने सहमति भएको छ ।
त्यस्तै मधेस प्रदेशमा जसपा र जनमतले आलोपालो सरकार बनाउने र कर्णालीमा माओवादीले सरकार बनाउने सहमति भएको एक नेताले जानकारी दिएका छन् । यसअघिको सहमति अनुसार आज नै प्रदेश १ मा नेकपा एमालेका हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भइसकेका छन् ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने, जसपाका उपेन्द्र यादव, राप्रपाका राजेन्द्र लिङदेन तथा जनमत पार्टीका सीके राउतको सहभागीता रहेको थियो ।

























