राजनीति
माओवादीसँग एकताका लागि नेसपाले वार्ता समिति बनाउँदै
०

काठमाडौं,पुस २४-
बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले नेकपा माओवादी केन्द्रसँग एकता गर्न वार्ता समिति बनाउने तयारी गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा बसेको राजनीतिक समितिको बैठकले माओवादीसँग एकताको लागि वार्ता समिति बनाउने तयारी गरेको हो ।
माओवादीसहित अन्य पार्टीसँग पनि एकता तथा ध्रुवीकरणको प्रयास गर्ने पार्टीका सहअध्यक्ष गंगानारायण श्रेष्ठले बताए ।
बैठकमा अध्यक्ष भट्टराईले राजनीतिक प्रतिवेदन पेस गरेका छन् । उनले नयाँ समाजवादी ध्रुवीकरणको प्रयत्न गर्नुपर्नेमा जोड दिएका छन् । बैठक सोमबार पनि बस्नेछ ।
वामपन्थी एकताको लागि माओवादीले उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा शनिबार पाँच सदस्यीय कार्यदल गठन गरेको थियो । नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले पनि यसअघि नै वार्ता समिति गठन गरेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























