राजनीति
सरकारविरूद्ध अनेक प्रयास भएका छन्, प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ,सरकार पनि टिक्छः ओली
०

काठमाडौं, पुस २४-
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत दिने बताएका छन्।
धुलिखेलमा आज आइतबार आयोजित दुई दिने जनसंगठन सुदृढीकरण कार्यशाला बैठकको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले पुस २६ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउने बताएका हुन्।
‘२६ गते विश्वासको मत ढाल्न खोज्नेहरू यो सरकारले विश्वासको मत पाउँछ । यो एमालेले बनाएको सरकार हो,’ उनले भने, ‘सरकारविरूद्ध अनेक प्रयास भएका छन्। हामीले प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ। सरकार पनि टिक्छ।’
अध्यक्ष ओलीले असंवैधानिक र अनैतिक ढंगले अदालतले बनाइदिएको परमादेशी गठबन्धनलाई परास्त गरेर नयाँ जनादेश बमोजिम सरकार बनाउने गरेको बाचा पूरा गरेको बताए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























