चितवन विशेष

नेपाल पावरलिफ्टिङ संघ चितवनको अध्यक्षमा आनन्द गुरुङ

Banner

चितवन, पुस २४-

नेपाल पावरलिफ्टिङ संघ चितवनको अध्यक्षमा आनन्द गुरुङ चयन भएका छन् ।

संघ चितवनको शनिबार सम्पन्न भेलाले गुरुङको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो । संघको उपाध्यक्षमा वीरबहादुर गुरुङ (सुरेश), उपाध्यक्षमा पेम्बा दोङ (प्रेम लामा), सचिवमा महेश कार्की, कोषाध्यक्षमा हरि कृष्ण आचार्य चयन भएका छन् । त्यसैगरी संघको सदस्यहरुमा सन्तोष श्रेष्ठ, सन्दिप श्रेष्ठ, आकाश गजुरेल, तुलबहादुर गुरुङ, प्रदिप गौतम, विगेन दराई, दीपा जोशी , अञ्जना देवी श्रेष्ठ रहेका छन् ।

ब्यायाम ब्यवसायी संघ काठमाडौँका सचिव जगन्नाथ अधिकारी प्रमुख अतिथि रहेको कार्यक्रममा नेपाल पावरलिफ्टिङ संघका केन्द्रीय सदस्य उत्सव अधिकारी, काठमाण्डौ जिल्ला पावरलिफ्टिङ संघका अध्यक्ष श्रीकृष्ण अधिकारी तथा काठमाडाँै जिल्ला पावरलिफ्टिङ संघका सचिव अमिर थापा प्रमुख अतिथि रहेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>