राजनीति
राप्रपा नेपालको युवा संगठनका अध्यक्ष कटवालले छाडे पार्टी, राप्रपामा प्रवेश
०

काठमाडौं, पुस २४-
कमल थापा नेतृत्वको राप्रपा नेपालको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको अध्यक्ष कैलाश कटवालले पार्टी छाडेका छन्। उनी राजेन्द्र लिङ्देन अध्यक्ष रहेको राप्रपा प्रवेश गरेका छन्।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले कटवाल राप्रपामा प्रवेश गरेको जानकारी दिए। कटवाल राप्रपा नेपालको केन्द्रीय सदस्य र कार्यसम्पादन समिति सदस्य थिए।
उनी शनिबार राप्रपा प्रवेश गरेका हुन्। उनलाई अध्यक्ष लिङ्देनले पार्टीमा स्वागत गरेका थिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























