Breaking News

केपी ओली भन्छन् : छिमेकी पर्खालबाट पसेर सरकार फेरफार गर्नुपर्छ भनेर लागिरहेका छन्

Banner

काठमाडौं, पुस २३-

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतलाई लक्षित गर्दै छिमेकी पर्खालबाट पसेर सरकार फेर्नुपर्ने भन्दै लागिरहेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै छिमेकी ढोकाबाट नपसेर पर्खाल चढेर कम्पाउन्डमा आएको बताएका हुन् ।

‘हाम्रा मित्रहरू ढोकाबाट होइन । पर्खालमाथिबाट हाम्रो कम्पाउन्डमा पसेर सरकार यसरी बनाउन कहाँ पाइन्थ्यो, फेरफार गर्नुपर्छ भनेर लागिरहेका छन्,’ उनले भने । यस्ता गतिविधि कुनै पनि मित्र राष्ट्रबाट अपेक्षा नगरिने उनले बताए । यस्तै आफ्नो राष्ट्र आफ्नै ढंगले चलाउने बताउँदै आन्तरिक मामिलामा हात नहाल्न पनि भनेका छन्।

‘यो मैले किन भन्नै प¥यो भने यस्तो खालको कृयाकलाप हामी हाम्रा छिमेकीहरू, हाम्रा मित्रहरू कसैबाट पनि अपेक्षा गर्दैनौं । हामी हाम्रो राष्ट्र आफ्नो ढंगले चलाउँछौं,’ उनले भने, ‘तपाइँहरू जे सहयोग गर्न सक्नुहुन्छ गर्नुस् तर आन्तरिक मामिलामा हात हाल्ने काम नगर्नुस् । कुटनीतिक गतिविधिहरू भनिसक्नु छैन । यस प्रकारका तरिकाहरू बन्द गरौं । मित्रको हिसाबले चलौं । सार्वभौम समानताको सिद्धान्त अनुसार चलौं।’

सत्तामा कहिले आउने भन्दै प्रश्न

नेकपा एमालेका अध्यक्ष ओलीले प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापतिलाई सत्तामा कहिले आउने भन्दै प्रश्न गरेका छन्।

शनिबार आयोजित कार्यक्रममा उनले अहिलेको सरकारलाई असफल पार्ने प्रयास गरिरहेको बताएका हुन् । त्यही क्रममा उनले देउवालाई सोधे– ह्वेन विल यू कम ब्याक ?

केही दिन अघि नेपाली कांग्रेसले समसमायिक विषयमा पत्रकार सम्मेलन गरेको थियो । पत्रकार सम्मेलनमा प्रवक्ता प्रकाशशरण महतलाई पत्रकारहरूले गठबन्धन टुट्नुमा सभापति देउवाको भनाइ के छ भनेर सोधेका थिए ।

त्यसमा जवाफ दिँदै प्रवक्ता महतले भने, ‘विश्वासमा गठबन्धन अघि बढ्ने हा े। तर कहिलेकाहीँ आँकलन गरेजस्तो हुँदैन । तर केही छैन, बिचलित हुनुपर्ने अवस्था छैन । वी विल कम ब्याक भनेर उहाँले भन्नुहुन्छ । हामी फेरि सशक्त रूपमा अघि बढ्छौं भनेरै उहाँको हौसलापूर्ण कुरा नै छ ।’

यही कुरालाई लक्षित गरी ओलीले भने, ‘कांग्रेसका सभापति शेरबहादुर देउवाजीले वी विल कम ब्याक भन्नुभयो । बट ही डिडन्ट टक ह्वेन (तर उहाँले कहिले भनेर भन्नुभएन।) ह्वेन विल यू कम ब्याक? (कहिले फर्किनुहुन्छ?)’ देउवाले पुस २६ गते नै सत्तामा फर्किने संकेत गरेको पनि बताए । यसका लागि विभिन्न दलका शीर्ष नेताहरूलाई पनि प्रधानमन्त्री बाँडिरहेको बताए । पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा विश्वासको मत लिँदैछन्।

‘अहिले उहाँहरू यस्तो खुद्रा खेल खेलिरहनुभएको छ । पार्टीहरूमा बाँडिरहनुभएको छ प्रधानमन्त्री । एउटा पार्टीको अध्यक्षलाई बोलाएर प्रधानमन्त्री तिमी नै हौ भनेछन्,’ उनले भने, ‘यो संविधानको धारा ७६को (२) को सरकारले विश्वासको मत प्राप्त गरेन भने अर्को कुनै विकल्पमा जाँदै जाँदैन, स्वतह संविधानको धारा ७६ को (३)को सबैभन्दा ठूलो पार्टीको नेताले प्रधानमन्त्री पाउँछ ।’ प्रतिनिधि सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस छ । यसरी विश्वासको मत नदिएर सत्तामा जाने प्रयास गरिरहेको उनले बताएका हुन् । नेपाली कांग्रेसले नेकपा एमालेलाई पनि छक्याएर सरकारमा जान खोजेको बताएका छन् । सरकार निर्माण गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले ५ बजे सम्मको समय दिँदा छक्याउन खोजेको बताए।

‘नेपाली कांग्रेसले हामीलाई त थाङ्नामा सुताउन खोज्छन् । आऊ न यहाँ बसेर छलफल गरौं । ५ बजाऔं । ५ बजाएपछि म प्रधानमन्त्री भइहाल्छु तिमीहरू हे¥याहेर्याइ गरौला नी भनेर हामीलाई त छक्याउन खोज्छ,’ उनले भने ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>