चितवन विशेष

भरतपुरका दुई क्याम्पसले हावाहुरीले गरेको क्षतिको क्षतिपूर्ति पाएनन्, आफै मर्मत गर्दै

Banner

पुजा ढकाल

चितवन, पुस २२-

गत जेठको हावाहुरीले क्षति पुगेका भरतपुरको सप्तगण्डकी र मैयादेवी क्याम्पसले अहिलेसम्म क्षतिको क्षतिपूर्ति पाएका छैनन् ।

दुवै क्याम्पसको चौँथो तलामा रहेका कक्षाकोठा तथा बरन्डाको जिप्सनमा हावाहुरीले लाखौं क्षति गरेको थियो । क्षतिपूर्ति समयमा पाउन नसकेपछि मैयादेवी क्याम्पसले आफ्नै खर्चमा मर्मत गरिसकेको छ भने सप्तगण्डकी क्याम्पसले पनि मर्मतको काम सुरु गरेको छ ।

सप्तगण्डकी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख मणिराज महतोले गत जेठ ६ गते १५ मिनेट आएको भिषण हावाहुरीले चितवनका विभिन्न क्षेत्र सँगै क्याम्पसमा पनि ठूलो तहसनहस गरेको बताए । क्याम्पसको भवन दक्षिण फर्केको तथा हावा पनि दक्षिणबाटै आएकोले क्याम्पसमा धेरै क्षति भएको महतोले बताए । उनको अनुसार क्याम्पसको चौथो तलामा रहेको बीसीए, बीबीए र बीआईएमको अत्याधुनिक कोठाहरुमा हावाहुरी सहित पानी पस्दा सो क्षति भएको थियोे ।

उनी भन्छन्, ‘हामीले विश्वविद्यालय अनुदान आयोगको सहयोगमा उक्त स्मार्ट कक्षा कोठाहरु निर्माण गरेका थियौँ र एक महिना मात्रै सञ्चालनमा आएको थियो । तर, १५ मिनेट मात्रै आएको हावाहुरीले ठूलो क्षति गर्दा हामीले धेरै नोक्सान व्यवहोर्नु परेको हो ।’ महतोका अनुसार उक्त समय क्याम्पस चौँथो तलामा रहेको जिप्सन आधा आधा फुटेको थियो भने ६५ इन्चको ४ वटा स्मार्ट टिभी मध्य २ टिभी पनि फुटेका थियो ।

त्यस्तै क्याम्पसमा भएको क्षतिका बारे जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति तथा माहानगरमा पत्रचार गरेका बताउँदै उनी भन्छन्, ‘उक्त पत्रचारपछि जिल्ला समन्वय समितिबाट मुचुुल्का बनाएर जिल्ला प्रशासनमा पेस गर्न र मन्त्रालय पठाएपछि क्षति पाउनु हुन्छ भनेका थिए तर सो विषयमा कुन सुनुवाइ भएन र हाम्रो क्याम्पसले कुनै क्षतीपूर्ति पनि पाएन । ’

महतोले उक्त समय क्याम्पसलाई १४ लाख तीन हजार ७५२ रुपैयाँ नोक्सान भएकाले जिल्ला समन्वय समितिप्रति क्याम्पसलाई आश लागे पनि कतैबाट कुनै सहयोग मिलेन । जसको कारण क्याम्पस प्रशासनले नियम अनुसार कोटेसन खुलाएर राम्रो काम गर्ने कम्पनीलाई ममर्तको जिम्मा दिएर काम सुरु गरेको उनको भनाइ छ । उनले त्रिभुवन विश्वविद्यायालयको नियम अनुसार पुस २४ गतेबाट क्याम्पसमा जाडो बिदा सुरु हुने भएकोले । जाडो बिदाको अवधिमा सबै काम पूरा गर्ने र कक्षा पनि सारिने जानकारी दिए ।

त्यसैगरी मैयादेवी क्याम्पसका क्याम्पस प्रमुख भोजराज न्यौपानेले जेठको हावाहुरीले क्याम्पसमा पुर्‍याएको क्षतिको २५ लाख रुपैयाँ मूल्यांकन भए पनि कतैबाट अहिलेसम्म क्षतिपूर्ति पाउन नसकेको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ कतैबाट क्षतिपूर्ति नपाएपछि आफैले मर्मत सुरु गरेका छौं । दैवी प्रकोप उद्दार समितिले क्षतिको फोटो खिचेर लगेको छ । ’ क्याम्पसको चौथो तलामा हावाहुरीले क्षति पुर्‍याएको  थियो । कक्षाकोठा, सभाहल, पंखा र वेयरिङ हावाहुरीले क्षतिग्रस्त बनेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>