राजनीति

नवनिर्वाचित सांसदहरुलाई ओलीको निर्देशन–जनताले मन पराउने काम र व्यवहारमात्र गर्नुहोस्

Banner

 काठमाडौं,पुस २३-

नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले पार्टीका नवनिर्वाचित सांसदहरुलाई जनताले मन पराउने काम र व्यवहारमात्र गर्न निर्देशन दिएका छन् । सांसदहरुका लागि आयोजित अभिमुखीकरण कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै दलका नेता ओलीले संसदमा प्रस्तुत हुँदा उद्दण्ड र रिसाहा भएर होइन तर्क तथा तथ्यसहित बोल्न निर्देशन दिए ।

ओलीले भने–म सांसद भएँ भन्दैमा के के न भयो भन्ने नठान्नू । जनताले मन नपराउने आनीबानी छ भने आजैबाट छाड्नुस । सफल हुने तरिका त्यो हो । जनताले मन पराउँने काम गर्नुस् र नराम्रो बानी व्यवहार छाड्नुस् ।

सांसदहरुलाई विषयगत अध्ययन गर्न सुझाव दिँदै जसलाई जुन विषयमा रुची र अध्ययन छ सोही अनुसार संसदीय समितिमा राखिने ओलीले बताए । उनले एमालेका सांसदहरुले अंग्रेजीमा पनि राम्रो दख्खल राख्नुपर्ने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>