चितवन विशेष
चितवनमा सय बढी ब्युटिसियन व्यवसायीलाई निःशुल्क एडभान्स तालिम

चितवन, पुस २३–
चितवन ब्युटीपार्लर युनिटीले चितवनका ब्युटीसियन व्यवसायीहरुलाई लक्षित गरी एडभान्स ब्युटिसियन तालिम दिएको छ ।
उधोग वाणिज्य संघ चितवनको सहकार्यमा युनिटीले चार दिने एडभान्स ब्युटिसियन तालिम राखेको हो ।
यस चार दिने तालिममा चितवनका सय बढी ब्युटीसियन व्यवसयीहरुलाई तालिम दिएको चितवन ब्युटी पार्लर युनिटीका संस्थापक अध्यक्ष योगिता पियाले नारायणी अनलाइनलाई बताइन् ।
चार दिने निःशुल्क तालिममा चितवनका ब्युटिसियन ब्यवसायीहरु सुनिता खड्का, सावित्री रेग्मी, सबिना चौधरी,संगिता अर्यालले मेक अप, नेल आर्ट र रसियन हेयर स्टाइलसम्बन्धी प्रशिक्षण दिएको बन्सरी ब्युटी पार्लर सञ्चालिका सुनिता खड्काले नारायणी अनलाइनलाई बताइन् ।
अहिलेको आधुनिक समयमा यो पेसामा नयाँ टेक्निकहरु आइरहेकोले यसको ज्ञान दिनको लागि यो तालिम गरिएको र यसले चितवनका ब्युटिसियन ब्यवसायीलाई धेरै राहत पुग्ने युनिटीका संस्थापक अध्यक्ष पियाले जानकारी दिइन् । तालिम लिन आएकी ब्युटी पार्लर व्यवशायी रोजिना लामाले यो निःशुल्क चार दिने एडभान्स तालिम निकै फलदायी रहेकोे बताइन् । उनले थपिन्, ‘यूनिटीले अझै यस्तै राम्रो काम, तालिम गर्दै जाओस् भन्दै युनिटीलाई धन्यवाद दिन चाहन्छु ।’ तालिम पुस १७ देखि २० गतेसम्म उधोग वाणिज्य संघको सभाहलमा चलेको थियो ।

























