राजनीति

नेपालमा नेपालीले सरकार बनाउन नपाउने बाह्य हस्तक्षेपविरुद्ध राष्ट्रिय प्रतिरोध गर्यौंं: अध्यक्ष ओली

Banner

काठमाडौं,पुस २३-

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा नेपालीले सरकार बनाउन नपाउने बाह्य हस्तक्षेपविरुद्ध एमालेले असाधारण हस्तक्षेप गरेर राष्ट्रिय प्रतिरोध गरेको दाबी गरेका छन् । पार्टीका नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विदेशी हस्तक्षेपविरुद्ध राष्ट्रिय प्रतिरोध गरेर बनाइएको सरकारविरुद्ध खुलेआम चलखेल समेत शुरु भएको बताए ।

ओलीले भने–अहिले पनि हाम्रा मित्रहरू ढोकाबाट होइन कम्पाउण्डबाट झरेर यसरी नेपालमा नेपालीले नै सरकार बनाउन कहाँ पाइन्छरु यसलाई फेरफार गर्नुपर्छ भनेर लागिरहेकाले यति भन्न बाध्य भएको हुँ । हामी हाम्रा छिमेकी सबैसँग समान सम्बन्ध राख्न चाहन्छौं,यहाँ सरकार बन्दा इगोको विषय बनाउनुपर्ने आत्तिनु पर्ने केही पनि छैन ।

ओलीले नेपालमा अस्थिरताको डरलाग्दो र संगठित प्रयासलाई एमालेले असाधारण ढंगले कोर्स परिवर्तन गरेको भन्दै नेपालमा नेपालीले सरकार बनाउन र चलाउन नपाइने प्रयासलाई असफल पारिएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>