राजनीति

कांग्रेस संसदीय दलको बैठक जारी

Banner

काठमाडौं पुस २३-

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनबाट पहिलो पार्टी बने पनि गठबन्धनमा भंग भएर संघ र प्रदेश दुवैतिरका सरकारबाट बाहिरिएको नेपाली कांग्रेसले भावी रणनीति बनाउन संसदीय दलको बैठक बसिरहेको छ । शेरबहादुर देउवा प्रधानमन्त्रीबाट हटेपछि पहिलोपटक कांग्रेसको औपचारिक छलफलका लागि आज संसदीय दलको बैठक बसेको हो ।

यसअघि निर्धारित केन्द्रीय कार्य समिति बैठक स्थगित गरेर कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।

सोमवारबाट प्रतिनिधि सभाको बैठक बस्ने र प्रधानमन्त्रीले विश्वासको मत लिने तयारी भएकाले पार्टीको रणनीति बनाउन दलको बैठक बसेको हो ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>