राजनीति

ललितपुरको एक कार्यक्रममा सहभागी हुन साझा यातायात चढेर पाटन जाँदै राष्ट्रपति भण्डारी

Banner

काठमाडौं, पुस २३-

राष्ट्रपति विद्यादेवी भण्डारीले साझा यातायातको बिजुली बस चढेर पाटन जाने भएकी छन्। शनिबार ललितपुरको पिम्बहालमा आयोजित एक कार्यक्रममा सहभागी हुन उनी शीतल निवासबाट साझा बसमा चढेर पाटन आउन लागेको ललितपुर महानगरकी उपमेयर मञ्जली शाक्य बज्राचार्यले जानकारी दिइन्।

उनका अनुसार दिउँसो १ बजे पिम्बहालमा सांगीतिक कार्यक्रमको आयोजना गरिएको छ।

पाटन ढोकामा ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन लगायतले स्वागत गर्ने कार्यक्रम छ। त्यहाँबाट पिम्बहाल सम्म पैदल यात्रा गर्ने कार्यक्रम रहेको उपमेयर बज्राचार्यले बताइन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>