Breaking News

पृथ्वी नारायण शाह आरम्भकर्ता हुन,उनलाई सम्मान दिँदैमा राजतन्त्र फर्कने होइनः सांसद बाँस्कोटा

Banner

काठमाडौँ,२३ पुस-

नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले पृथ्वी जयन्तीको अवसरमा सरकारले बिदा दिनु उचित भएको बताएका छन् । सत्तारुढ घटक राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पुस २७ का दिन बिदा दिने माग गरिरहेका बेला सांसद बाँस्कोटाले सो कुरा बताएका हुन् ।

नेपाल एकीकरणका आरम्भकर्तालाई सम्मान दिँदैमा राजतन्त्र नफर्किने उनको भनाई छ । उनले फेसबुक स्टाटस लेखेका छन्, ‘पृथ्वीजयन्ती पुस २७ मा राष्ट्रिय बिदा दिने कुरा चल्दै गरेको र राप्रपाले माग गरेको सुनियो। त्यो सरकारले दिए हुन्छ। यहाँ उस्तै परे फरवरी १४ (भ्यालेन्टाइन्स डे) मा त बिदा पाउनै पर्छ भन्ने ग्रुप तयार भैराछ । उनी त नेपाल एकीकरणका आरम्भकर्ता हुन,उनलाई सम्मान दिँदैमा राजतन्त्र फर्कने होइन।’

हेर्नुहोस् उनको फेसबुक स्टाटसः

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>