राजनीति
जसपाले विधान अधिवेशनको तयारी थाल्यो
०

काठमाडौँ,पुस २३-
जनता समाजवादी पार्टी (जसपा) नेपालले विधान अधिवेशनको तयारी थालेको छ । पार्टी अध्यक्ष उपेन्द्र यादव संयोजकत्वको विधान मस्यौदा समितिले पार्टीको विगतको आफ्नो साङ्गठनिक अनुभव, प्रमुख राजनीतिक दलका साङ्गठनिक पद्धति र संरचनाबारे अध्ययन थालेको हो ।
संघीय र समाजवादी मुलुकका तत् सम्बन्धी दस्ताबेजहरू पनि उपयोगी हुन सक्ने समितिले ठहर गरेको छ । आगामी चैत्र सम्ममा विधान अधिवेशन गर्ने र जेठमा पार्टीको महाधिवेशन गर्ने पार्टीको तयारी छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























