राजनीति
प्रचण्डप्रति व्यक्तिगत रुपमा सकारात्मक छु: माधव नेपाल
०

काठमाडौं, पुस २२-
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति व्यक्तिगत रुपमा सकारात्मक धारणा रहेको बताएका छन् । तर विश्वासको मत दिने कि नदिने भन्ने सरकार कुन ढंगले अगाडि बढ्छ, त्यसअनुसार मात्र निर्णय लिने बताएका छन् ।
१० पुसमा नियुक्त भएका प्रधानमन्त्री प्रचण्डले २६ पुसमा विश्वासको मत लिने तय भएको छ ।
एकीकृत समाजवादीले केही निर्णय गरेको छैन । शुक्रबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले भने, विश्वासको मतबारे जम्मै पक्षको विश्लेषण गर्छौं । व्यक्तिगत रुपमा प्रचण्डजीप्रति सकारात्मक धारणा छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























