देश/प्रदेश

अमेरिकी राजदूत र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

Banner

काठमाडौं, पुस २२-

उपप्रधानमन्त्रीसमेत रहेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले भेटवार्ता गरेका छन्। उनीहरूबीच आज भेटवार्ता भएको हो।

उपप्रधानमन्त्री श्रेष्ठ र राजदूत थम्प्सनबीच द्विपक्षीय हितका विषयमा कुराकानी भएको मन्त्री श्रेष्ठको सचिवालयले जानकारी दिएको छ।

उक्त भेटवार्तामा राजदूत थम्प्सनले उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई तथा सफल कार्यकालको शुभकामना पनि दिएका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>