Breaking News

रत्ननगरमा विजुलीको तार चोर्ने क्रममा करेन्ट लागेर एक पुरुषको मृत्यु

Banner

चितवन, पुस २२–

पूर्वी चितवनको रत्ननगरमा कुखुरा फार्मको विजुलीको तार चोर्ने क्रममा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । धादिङ घरभई रत्ननगर नगरपालिका–१४ मा दाईको घरमा बस्दै आएका करिब ३१ वर्षीय विश्व परियारको करेन्ट लागेर मृत्यु भएको हो ।

रत्ननगर–३ स्थित बेल्सीपुल नजिकै हिमशिखर पोल्ट्री फर्मको कुखुरा नभएको खाली खोरमा बुधबार राती करेन्ट लागेर परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । फर्म सञ्चालकले भने बिहीबार बिहान मात्रै परियारलाई मृत अवस्थामा फेला पारेका थिए ।

‘कुखुरा नभएको खोरमा विजुलीका तार छरपष्ट रहेछन् । तारको तामा निकालेर बेच्न मृतक त्यहाँ पुगेको देखिन्छ । भ¥याङमा चढेर तार तान्दा करेन्ट लागेको हुन सक्छ । मृतकको हातमा पनि तार थियो’, प्रहरी स्रोतले भन्यो, ‘उनले तार चोर्दै हिँडेको भनेर केहिले फेसबुकमा पनि राखेका रहेछन् ।’

मृतकको शव आफन्तले बुझेर अन्त्येष्टि पनि गरिसकेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>