राजनीति

पूर्वराजा शाह र रवीन्द्र मिश्रबीच भेटवार्ता, राजसंस्था अपरिहार्य भएको निष्कर्ष

Banner

काठमाडौं पुस २१-

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट गरेका छन् । उनले आज पूर्वराजा शाहसँग डेढघण्टा लामो कुराकानी भएको आफ्नो फेसबुकमा उल्लेख गरेका छन् । उनले यसअघि सन् २००७ मा पत्रकार हुँदा नै ज्ञानेन्द्र शाहसँग भेट भएको पनि उल्लेख गरेका छन् ।

उनले लेखेका छन् ‘असोचनीयस्तरको प्रतिकूलता व्योहोरेका राजा ज्ञानेन्द्रसँगको डेढ घण्टा लामो भेटमा उनको सदाझैँको शालीनता, सौम्यता, समझदारी र देशप्रतिको गहिरो चिन्ताबाट प्रभावित भएको अवस्था । बढ्दो भूराजनीतिक र आन्तरिक संवेदनशीलताबीच नेपालमा राजसंस्था अपरिहार्य भएको निष्कर्ष ।’

हेर्नुहोस् उनको फेसबुक स्टाटस:

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>