प्रवास
अमेरिकामा नेपाली महिलाको दिव्याज फाउण्डेशन गठन

अमेरिका, पुस २१–
अमेरिकाको टेक्सास राज्यको फोर्थअर्थ सिटीमा नेपाली महिलहरुले दिव्याज फाउन्डेसन नामक संस्था गठन गरेका छन्। अंग्रेजी नयाँ वर्षको पहिलो दिनलाई लक्षित गरेर उक्त संस्था गठन गरिएको हो।
दुःखमा परेका महिलाहरुलाइ सहयोग गर्ने संस्थाको मुख्य उद्धेश्य रहेको संस्थाकी संस्थापक कोषाध्यक्ष बिनिमा सुवेदीले बताइन् । उनकाअनुसार संस्थाले जति सक्दो धेरै महिलालाइ समेटेर महिला सशक्तिकरण, सिप मुलक तालिमको ब्यबस्था, रोजगारीको सिर्जना, दुख पाएकालाइ सहयोग गर्ने, नेपालबाट अध्ययनको लागि आउनेलाइ सहयोग गर्ने छ ।
भर्खरै मात्र गठन गरिएको यो संस्थाको अध्यक्षमा लक्ष्मी भण्डारी राना चयन भएकी छन् भने उपाध्यक्षमा बिर्ति रिसाल, कोषाध्यक्षमा बिनिमा सुवेदी, सचिवमा मिता कार्की र सह–सचिवमा अजिता कडेल रहेका छन्। २४ जनाको सदस्यबाट सुरु गरिएको यो संस्था आगामी २ वर्षमा २४०० पु¥याउने लक्ष्य रहेको कोषाध्यक्ष सुवेदीले जानकारी दिइन्।
हरेक २ वर्षमा नयाँ पदाधिकारी चयन हुने संस्थाको बिधानमा उल्लेख गरिएको छ। बिदेशमा रहेर पनि नेपालको धर्म र संस्कृतिलाइ जोगाउने र आफ्ना बाल बालिकालाई नेपाली संस्कृति सिकाउने, दुःखमा परेका महिलालाई सक्दो सहयोग गर्ने अभिप्रायले खोलिएको संस्थाप्रति धेरै महिलाहरु आशावादी रहेको यस संस्थाकी अध्यक्ष लक्ष्मी भण्डारीले बताइन्।