चितवन विशेष

होटल व्यवसायी महासंघको केन्द्रिय अध्यक्षमा दिनेश कुमार चुके निर्वाचित

Banner

चितवन,पुस २०-

होटल व्यवसायी महासंघ नेपालको केन्द्रीय अध्यक्षमा चितवनका दिनेशकुमार चुके निर्वाचित हुनुभएको छ । चितवनको भरतपुरमा आज (बुधबार) सम्पन्न १० औं साधारणसभा तथा चौथो राष्ट्रिय महाधिवेशनबाट चुके सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनुभएको हो । अन्य पदाधिकारी पनि सर्वसम्मत चयन गरिएको छ ।

महासंघको वरिष्ठ उपाध्यक्षमा शेर बहादुर थापा, प्रशासन (संगठन) उपाध्यक्षमा वीरञ्जन बटाला, पर्यटन उपाध्यक्षमा सन्तोष उप्रेती निर्वाचित हुनुभएको छ । यस्तै उपाध्यक्षमा भाईचन्द्र श्रेष्ठ, मोदनाथ बेलबासे, तीलक बहादुर कार्की र देवी गौतम निर्वाचित हुनुभएको छ । महिला उपाध्यक्षमा धनादेवी चोखाल, महासचिवमा तुल्सीराम भण्डारी र उपमहासचिवमा राजेश महोत्रा निर्वाचित हुनुभएको छ ।

सचिवमा राजु अधिकारी, कमल बहादुर बम, धनेश्वर भण्डारी,तारा प्रसाद आचार्य,जनक बहादुर सिंह, बुद्धिप्रसाद पन्त, नारायणबहादुर सेन र मित्र प्रसाद ढकाल निर्वाचित हुनुभएको छ भने कोषाध्यक्षमा कृष्ण कुमार श्रेष्ठ र सहकोषाध्यक्षमा सुदिप कुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>