चितवन विशेष

मैयाँदेवी कन्या कलेजमा नर्सिङ विद्यार्थीको प्रदर्शनी (फोटो फिचर)

Banner

चितवन, पुस २०–

भरतपुरस्थित मैयाँदेवी कन्या कलेजमा पीसीएल नर्सिङ दोस्रो र तेस्रो वर्षमा अध्ययरत विद्यार्थीहरुले बुधबार कलेजमा प्रदर्शनी गरेका छन् । आफूले सिकेका विषयलाई प्रदर्शनी मार्फत उनीहरुले उतारेका हुन् ।

प्रदर्शनीमा तेस्रो वर्षमा अध्ययतरत विद्यार्थीहरुले बच्चा जन्मेदेखि युवा अवस्थामा पुगेको बेलामा हुने परिवर्तन र गर्नुपर्ने हेरचाहको बारेमा चित्रमार्फत प्रस्तुत गरेका थिए । दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुले पोषणतत्व प्रदर्शन गरेका थिए । विद्यार्थीहरुको पाठ्यक्रम अन्तरगत नै आज प्रयोगात्मक शिक्षा अन्तरगत सिकेका विषयहरुलाई प्रदर्शनी मार्फत प्रस्तुत गरिएको कलेजकी शिक्षिका कृपा पाण्डेले जानकारी दिइन् । यस कलेजमा हाल दोस्रो र तेस्रो वर्षमा कुल ७९ जना विद्यार्थी अध्ययनरत छन् ।

विद्यार्थीहरुको प्रदर्शनी अवलोकन गर्न बागमती प्रदेशकी सांसद विनु रायमाझी पौडेल पुगेकी थिइन् । उनलाई विद्यार्थीहरुले प्रदर्शनीमा राखिएको विषयवस्तु बारे जानकारी गराएका थिए । सो क्रममा बोल्दै सांसद पौडेलले विद्यार्थीहरुको यस्तो कार्यक्रमलाई शिक्षालाई व्यवहारिक बनाउन थप टेवा पुग्ने बताइन् । उनले आकर्षक रुपमा विद्यार्थीहरुले सिकेको कुरा प्रदर्शनीमा उतार्न सफल भएको भन्दै सबै विद्यार्थीहरुलाई धन्यवाद दिनुको साथै हौसला प्रदान गरिन् ।

यस्तै कलेज व्यवस्थापन समितिका अध्यक्ष समाजसेवी टंकनाथ पौडेल र कलेजका प्रिन्सिपल भोजराज न्यौपानेले विद्यार्थीले गरेको मेहनतको तारिफ गर्दै धन्यवाद दिएका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>