चितवन विशेष
मास्टर्स सेफले ल्यायो नेपाली बजारमा ‘हेलो बासमती’

चितवन, पुस २०–
मास्टर्स सेफ फुड प्रालीेले ‘हेलो’ ब्राण्डको बासमती चामललगायतका उत्पादन बजारमा ल्याएको छ । मंगलबार गैंडाकोटस्थित दि नारायणी रिसोर्टमा एक कार्यक्रमकाबीच हेलो ब्राण्डका उत्पादनहरु सार्वजनिक गरिएको हो ।
बासमती चामल भारतको शिव कृति एग्रो प्रालिको सहकार्यमा नेपाली बजारमा ल्याइएको हो । मास्टर्स सेफ फुड प्रा.लि.का अध्यक्ष प्रभाकर पण्डितले सर्वशुलभ मूल्यमा शुद्ध बासमती चामल प्रदान गर्ने उद्देश्यले हेलो ब्राण्डको बासमती चामल बजारमा ल्याईएको बताए । उनले उपभोक्ताको स्वास्थ्यलाई नै प्रमुख ध्यानमा राखेर शुद्ध र स्तरीय चामल नेपाली बजारमा ल्याएको बताए । शिवकृती एग्रोको चामल बजारको चामल हाल उपलब्ध अन्य चामल भन्दा गुणस्तरीय र शर्वशुलभ मूल्य रहेको उनको दावी छ ।

यस्तै मास्टर्स सेफ फुडले नै हेलो ब्राण्डको काजु, चिउरा, किसमिसलगायतका अन्य उत्पादन समेत बजारमा ल्याएको छ । चितवनका पाँच जना ब्यवसायी मिलेर मास्टर्स सेफ फुड सञ्चालन गरेका हुन् ।



























