चितवन विशेष

चितवनमा नदीजन्य पदार्थ अवैध उत्खनन् गर्ने जेसीबी सहित ६ वटा टिप्पर नियन्त्रणमा

Banner

चितवन,पुस १९-

चितवनमा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने जेसीबीसहित ६ वटा टिप्पर प्रहरीले नियन्त्रणमा लिएको छ । खैरहनी र रत्ननगर नगरपालिका विभिन्न खोलाहरुबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने जेसीबी सहित टिप्परहरुलाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका सवारीसाधनलाई कारवाहीका लागि सम्वन्धित नगरपालिका पठाइएको छ ।

खैरहनी नगरपालिका वडा नम्बर ३ बाट अबैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरिरहेको अवस्थामा एउटा जेसीबीसहित चार वटा टिप्परलाइ नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको टोलीले बा १ क ६०३६ नम्बरको जेसीबी तथा ग २ ख ९३४, ना ८ ख २९३४, ना ७ ख २६७३ र ना ८ ख ६२७१ नम्बरको टिप्परलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि खैरहनी नगरपालिका पठाइएको छ ।

यस्तै प्रहरीले रत्ननगर नगरपालिकाबाट दुई वटा टिप्पर नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरीको टोलीले रत्ननगर नगरपालिका वडा नं ३ बाट अबैध रुपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेको अवस्थामा ना ८ ख १४९४ , र ना ८ ख ५९५३ नम्बरको टिप्परलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि रत्ननगर नगरपालिका पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिनुभयो । उहाँले नगरका विभिन्न क्षेत्रमा अबैध रुपमा डम्पिङ गरिएको ६ सय ३१ घनमिटर नदीजन्य पदार्थ समेत नियन्त्रणमा लिएको बताउनुभयो । जिल्लाका विभिन्न पालिकाहरुमा पछिल्लो समय अबैध रुपमा उत्खनन् र विक्री वितरण भइरहेको जनगुनासो बढेपछि प्रहरीले सक्रियाता बढाएको जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>