अन्तर्राष्ट्रिय

अमेरिकी संसदका उपकरणमा टिकटक चलाउन नपाइने

Banner

पुस १९-

अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले व्यवस्थापन गरेका विद्युतीय उपकरणहरुमा टिकटकमाथि प्रतिबन्ध लगाइएको छ । संसदको स्वामित्वमा रहेका मोबाइल फोनमा यदि कोही प्रयोगकर्ताले टिकटक डाउनलोड गरेको पाइएमा तत्कालै हटाउन निर्देशन दिइएको छ ।

संसदका कर्मचारीहरुलाई पठाइएको सूचना अनुसार धेरै प्रकारका सुरक्षा जोखिमका कारण टिकटक प्रयोगकर्ताहरुका लागि जोखिमपूर्ण रहेको उल्लेख गरिएको छ । यसैबीच अमेरिकाले आफ्ना सम्पूर्ण संघीय कार्यालयका डिभाइसहरुमा निकट भविष्यमै टिकटकमाथि प्रतिबन्ध लगाउने तयारी गरेको छ । त्यससम्बन्धी अध्यादेशमा राष्ट्रपति जो बाइडेनको अन्तिम हस्ताक्षर मात्रै हुन बाँकी छ ।

यसअघि अमेरिकाका एक दर्जन बढी राज्यहरुले हालै आफ्ना सरकारी डिभाइसहरुमा टिकटकमाथि बन्देज लगाउने निर्णय गरेका छन् । टिकटकले भने सरकारी डिभाइसहरुमा टिकटक प्रतिबन्ध लगाउने कदम राजनीतिक विषय रहेको भन्दै यसले राष्ट्रिय सुरक्षाको सोचलाई अघि बढाउन कुनै सहयोग नगर्ने बताएको छ ।

एजेन्सीको सहयोगमा

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>