राजनीति

सबैभन्दा बढी साइबर हमला मलाई भएको रहेछ: रामकुमारी झांक्री

Banner

काठमाडौँ,पुस १९-

नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झांक्रीले पछिल्लो दुई वर्षमा आफू सबैभन्दा बढी साइबर हमलामा परेको बताएकी छिन्। एउटा अनुसन्धान टिमले साइबर आक्रमण र साइबर ह्यारेसमेन्टका सम्बन्धमा आफूमाथि लामो समय लगाएर अनुसन्धान गरेको बताउँदै झांक्रीले अध्ययनबाट आएका तथ्य संवेदनशिल समेत भएको उल्लेख गरेकी छिन्।

सामाजिक सञ्जालमार्फत सो कुराको जानकारी गराउँदै झांक्रीले भनेकी छिन्, ‘मलाई सोसल मिडियामा सबैभन्दा धेरै आकर्मण गर्ने खासमा जातिय हिसाबले मगर, तामाङ, राई, लिम्बु जस्ता जनजाति समुदायका ब्यक्तिहरू रहेछन्।’

त्यस्तै, विश्वकर्मा, परियार, नेपाली जस्ता दलित समुदायका व्यक्तिहरुबाट पनि आफूलाई हमला भएको झांक्रीले बताएकी छिन्। ‘त्यसैगरी लैगिक हिसावले महिलाहरू, महिलाका नाम र महिलाको प्रोफाईल फोटो राखेका नक्कली आईडिहरूबाट रहेछन्,’ झांक्रीले भनेकी छिन्, ‘मेरो काम र म सँग असम्बन्धित ब्यक्तिहरू पनि ठूलो संख्यामा ब्यक्तिगत गालिगलौजमा आएका रहेछन्।’

उक्त रिपोर्टपछि आफूले कानूनी उपचार खोेज्न बाध्य बनाएको भन्दै त्यसो नगरे आफूभन्दा पछाडिका बहिनी र छोरीहरु अझै यसको सिकार हुने उनले बताएकी छिन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>