चितवन विशेष

चितवनका विरहीको शहरमा झाँडु लगाउने महिलाहरुको कथा समेटिएको उपन्यास ‘कली’ सार्वजनिक हुँदै

Banner

चितवन, पुस १८-

चितवनका अग्रज साहित्यकार रेशम विरहीको नयाँ उपन्यास ‘कली’ माघ पहिलो हप्ताबाट बजारमा आउने भएको छ ।

शहरमा झाँडु लगाउने महिलाहरुको कथा बोकेको यस उपन्यास शिखा बुक्सले बजारमा ल्याउन लागेको हो ।

शहरमा झाँडु लगाउने महिलाले देखेको समाजको राजनीतिक कुरुपतालाई उपन्यासमा समेटिएको उपन्यासकार विरहीले नारायणी अनलाइनलाई बताए । ३५० पृष्ठको उपन्यास चितवन र देवघाट वरिपरीको जनजीवनमा केन्द्रित रहेको छ ।

गोरखाको हर्मीमा जन्मिएर भरतपुरको रामपुरमा स्थायी बसोबास गर्ने साहित्यकार विरहीको कली दोस्रो उपन्यास हो । यसअघि उनको ‘प्रेमदासको डायरी’ प्रकाशित भएको थियो । गीतानगर स्कुल पढ्दादेखि विसं २०२५ सालमा भएको निवन्ध लेखन प्रतियोगितामा पहिलो भएपछि उनी अहिलेसम्म साहित्य क्षेत्रमा सक्रिय रहँदै आएका छन् । उनको यसअघि ६ वटा कविता संग्रह, दुईवटा निबन्ध संग्रह र एउटा पत्रकारितासँग सम्बन्धित पुस्तक प्रकाशित भइसकेका छन् ।

२००९ सालमा जन्मिएर सात दशक उमेर पार गरिसकेका विरहीको उपन्यास, निबन्ध र कविता गरेर अन्य चारवटा पुस्तकको पाण्डुलिपी तयार रहेका छन् । आफूले लेखेका कृतिहरुमा सबैभन्दा बढी निबन्ध मन पर्ने विरहीले नारायणी अनलाइनलाई बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>