चितवन विशेष

भरतपुरको पार्वतीपुरमा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

Banner

चितवन, पुस १८–

भरतपुर महानगरपालिकाले ‘मेयरसँग बालबालिका कार्यक्रम’अन्तर्गत सोमबार भरतपुर–२१ का बालबालिकाहरुलाई न्यानो कपडा बितरण गरेको छ ।

भरतपुर–२१ रंगिलामा रहेको आधारभूत विद्यालय रंगिला र राष्ट्रिय प्राथमिक विद्यालय सितापुर स्कुलमा पुगेर भरतपुरका उपमेयर चित्रसेन अधिकारीले न्यानो कपडा बितरण गरेका हुन् ।

आधारभूत बिद्यालय रंगिलामा ८१ जनालाई र राष्ट्रिय प्राथमिक बिद्यालय सितापुरका २८ जना बालबालिकालाई न्यानो कपडा बितरण गरिएको छ । मेयरसँग बालबालिका कार्यक्रम मुलत बालविकासदेखि कक्षा ५ सम्मका बालबालिकाहरु प्रति लक्षित छ ।

कार्यक्रममा भरतपुर महानगरका उपमेयर अधिकारीले अब कुनै पनि बालबालिका चिसोबाट प्रभावित हुनुनपर्ने बताए । चिसोबाट थप कोही पनि प्रभावित हुन नपरोस् भन्ने हेतुले भरतपुर महानगरले ससाना बालबालिकाहरुलाई लक्षित गरेर न्यानो कपडा बितरण गरेको उपप्रमुख अधिकारीको भनाइ छ ।

यसअघि भरतपुर महानगरपालिकाले ‘मेयरसँग बालबालिका कार्यक्रम’अन्तर्गत कक्षा १ देखि ५ सम्मका ९३४ विद्यार्थीलाई न्यानो कपडा वितरण गरिसकेको छ । यस आर्थिक वर्षमा न्यानो कपडा वितरणका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>