चितवन विशेष
कम्बोडियामा ज्यान गुमाएका निराकर पाण्डेको सम्झनामा चितवनमा दीपप्रज्वलन

चितवन, पुस १८–
आगलागिबाट कम्बोडियामा ज्यान गुमाएका झापाका निराकर पाण्डेको सम्झनामा चितवनमा दीप प्रज्वलन गरिएको छ । भरतपुरस्थित चौविसकोठीमा चितवनका सचेत युवाले साँझ दीप प्रज्वलन गर्दै पाण्डेप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
कम्बोडियाको होटलमा आगलागी हुँदा १२ तलामा झापा बिर्तामोड नगरपालिका–१ का पाण्डे फसेका थिए। त्यहाँबाट निस्किन सम्भव नभएपछि उनले आफ्नो परिवारसँग भिडियो कलमार्फत अन्तिम कुराकानी गरेका थिए।
त्यसपछि उक्त १२ औं तलाबाट हाम्फाल्दा उनको मृत्यु भएको थियो। पाण्डेले परिवारसंग गरेको भिडियो सार्वजनिक भएपछि धेरैको आँखाबाट आँशु झरेको थियो । होटलमा आगलागी हुँदा १९ जनाको मृत्यु समेत भएको थियो।
दीप प्रज्वलनका लागि युवा अभियन्ता सन्देश वाग्ले, धर्मबहादुर कार्की, प्रदिप थापा, विपिन कंडेल, अन्जन दवाडी, अर्जुन अधिकारी, दिपक कस्यप, सागर बम्जन, विमल पौडेल, प्रवल केसी, सौगात देवकोटालगायत सहभागि थिए ।



























