Breaking News
भरतपुर महानगरले शहिद तथा बेपत्ताका परिवारलाई आर्थिक सहायता गर्ने
०

चितवन, पुस १८–
भरतपुर महानगरपालिकाले शहिद तथा बेपत्ता भएकाको परिवारलाई आर्थिक सहायता गर्ने भएको छ । महानगरले आइतबार एक सूचना जारी गरी जनयुद्ध र जनआन्दोलनमा शहिद भएका वा बेपत्ता पारिएका परिवारलाई आर्थिक सहायता प्रदान गर्ने बताएको हो ।
आर्थिक सहायता प्राप्त गर्नका लागि लक्षित समुदायले भरतपुर महानगरपालिकामा निवेदन दिन सूचनामार्फत आग्रह गरिएको छ । शहिद तथा बेपत्ता पारिएका परिवारलाई आर्थिक सहायता गर्न महानगरले कार्यविधि नै बनाएको छ ।
आर्थिक सहायताको लागि आधिकारीक निकायबाट जनयुद्ध तथा सबै प्रकारका जनआन्दोलनमा शहिद वा बेपत्ता पारिएका परिवार खुल्ने कागजात, भरतपुर महानगरभित्र स्थायी बसोबास गरेको प्रमाणलगायतका कागजात चाहिने महानगरले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























