चितवन विशेष

भरतपुरमा भएको देशव्यापी कविता प्रतियोगितामा न्यौपानेको ‘असहमतिको दस्ताबेज’ सर्वाेत्कृष्ट

Banner

चितवन, पुस १७-

भरतपुर महानगर प्रज्ञा–प्रतिष्ठानले शनिबार ८७ औँ भूपि जयन्तीको अवसरमा आयोजना गरेको देशव्यापी खुल्ला कविता प्रतियोगितामा यज्ञप्रसाद न्यौपानेको ‘असहमतिको दस्ताबेज’ सर्वाेत्कृष्ट भएको छ ।

त्यसैगरी सुजन थपालियाको आमा कविता उत्कृष्ट, राधिका कल्पितको पेन्सन कविता उत्तम, जनक कार्कीको चिहान खनिरहेको मान्छे र नारायणी अधिकारीको दुर्गा भवानी उठ भन्ने कविताले प्रोत्सहान पुरस्कार प्राप्त गरेका छन् ।

प्रतियोगितामा सर्वोउत्कृष्ट, उत्कृष्ट, उत्तम र प्रोत्साहन स्थान हासिल गर्नेहरुले महानगर प्रमुख रेनु दाहालले क्रमश ः ४० हजार ७८, ३० हजार ७८, २० हजार ७८ र दुई जनालाई १० हजार ७८ र प्रमाण–पत्र प्रदान गरिन् ।

भरतपुर महानगरकी प्रमुख दाहालले कला, साहित्य, भाषा र संस्कृतिको संरक्षण गर्नु हामी सबैको दायित्व भएको बताइन् । कार्यक्रममा उनले कला, सहित्य तथा संस्कृतिको जर्गेना गर्न महानगरले प्रतिष्ठानको स्थापना गरेको उल्लेख गरिन् ।

भरतपुर प्रज्ञा–प्रतिष्ठानको कुलपति समेत रहेकी मेयर दाहालले कला सहित्यको क्षेत्रमा कमल चलाउनेहरुलाई सानो भए पनि आर्थिक सहयोग प्रदान गरेर देशको ६ वटा महानगरपालिका मध्ये भरतपुरले नयाँ कामको थालनी गरेको दाबी गरिन् । मेयर दाहालले कवि भूपि शेरचनले नेपाली भाषा साहित्यमा पु¥याउनु भएको योगदानको स्मरण गर्दै उनी प्रति श्रद्धा सुमन व्यक्त गरिन् । कार्यक्रममा देशका ४० जिल्लाबाट ११५ प्रतियोगीहरुले आफ्ना सिजर्नाहरु प्रस्तुत गरेका थिए ।

प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव बालकृष्ण थपलियाले संयोजन गरेको कार्यक्रममा प्रतिष्ठानका कुलपति ईन्द्रप्रसाद रेग्मी, महानगर शिक्षा महाशाखा प्रमुख महेन्द्र पौडेल, कवि गोविन्दराज विनोदी, भूपिन खड्कालगायतले मन्तव्य राखेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>