Breaking News

प्रचण्ड आउने भएपछि भरतपुरका सडक धोएर सफा गरियो, चोक–चोकमा सुरक्षाकर्मी परिचालन

Banner

चितवन, पुस १६–

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन आउने भएपछि सडक धोएर सफा गरिएको छ । विरेन्द्र क्याम्पस चोकदेखि दीपेन्द्रचोक सम्मको सडक सफा गरिएको हो । प्रचण्डको स्वागतका लागि आज बिहानै महानगरपालिकाको बारुणयन्त्रमा पानी ल्याएर सडकमा पानीको फोहोराले सफा गरिएको छ । नारायणी माविको हिरक महोत्सवको उद्घाटन गर्न प्रचण्ड चितवन आउन लागेका हुन् ।

उनको सुरक्षाका लागि भरतपुरका सडकमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । नारायणी मावि र चोक–चोकमा सुरक्षाकर्मी तैनाथ छन् ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>