Breaking News

बलात्कार अभियोगमा वडा सदस्य पुर्पक्षका लागि जेल चलान

Banner

मोरङ, पुस १५–

मोरङको बेलबारी नगरपालिकाका एक वडा सदस्य बलात्कार अभियोगमा पुर्पक्षका लागि जेल चलान भएका छन्। बेलबारी–२ का २६ वर्षीय विजय तोलांगी बिहीबार पुर्पक्षका लागि जेल चलान भएका हुन्।

मोरङकै २४ वर्षीय एक जना स्टाफ नर्सलाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङ अदालतका न्यायाधीश मोहन सुवेदीको इजलासले तोलांगीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए। अदालतको आदेशपछि पुर्पक्षका लागि तोलांगी मोरङ कारागार चलान भएका छन्।

बलात्कार आरोपमा पक्राउ परेका तोलांगी बेलबारी नगरपालिकाको कार्यपालिका सदस्य हुन्। उनी नेपाली कांग्रेसबाट कार्यपालिका सदस्यमा निर्वाचित भएका थिए।

तोलांगीले मोरङको जेफालेमा लगेर साउन १८ गते आफूलाई बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय बेलबारीमा युवतीले ‘जबरजस्ती करणी मुद्दा’ मा उजुरी दिएकी थिइन्। उजुरी दिएपछि तोलांगी फरार थिए। कानुन व्यवसायीसँग कानुनी सल्लाह लिएपछि उनी मंसिर २६ गते इलाका प्रहरी कार्यालय, बेलबारीमा आफैं हाजिर भएका थिए।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>