चितवन विशेष
चितवनमा भएको ठेलो प्रतियोगितामा भरतपुर ११ का प्रेम गुरुङ पहिलो

चितवन, पुस १४-
तमू ल्होसारको अवसरमा आयोजित ठेलो प्रतियोगितामा भरतपुर–११ गोर्खाली टोलका प्रेम गुरुङ विजयी भएका छन् ।
८ जना प्रतिद्वन्द्वीलाई हराउँदै उनी पहिलो भएको तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषद् चितवन खेलकुद समितिका सदस्य मनिराज घलेले जानकारी दिए । विजेतालाई भोलि ल्होसारको दिन सम्मान गरिने घलेले बताए । तमू समुदायको साझा संस्था तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषद् चितवनले विभिन्न कार्यक्रमको आयोजना गरी तमू ल्होसार पर्व मनाउँदै छ । पुस १५ गते विशेष दिन भए पनि आज १४ गते विभिन्न खेलकुद प्रतियोगिता गरेर मनाएको हो ।
तमू ह्युल छोँज धीँको संग्रहालय महाबौद्ध गुम्बा परिसर (तिनखोले गुम्बा) मा प्रतियोगिता भएको थियो । साथै आज साँझ सांस्कृतिक कार्यक्रममा राष्ट्रियस्तरका कलाकारहरूको प्रस्तुति रहने आयोजकको भनाइ छ । आयोजकका अनुुसार लोक तथा दोहोरी कलाकारहरू शितल गुरूङ, सविन गुरूङ र चिजा तामाङबाट प्रत्यक्ष दोहोरी गाउने कार्यक्रम तय भएको छ ।
ल्होसार तमू समुदायको नयाँ वर्षको रुपमा समेत रहेको छ । यस दिन बाघ वर्ग (तोल्हो)लाई बिदाइ गर्दै बिरालो वर्ग (हिल्हो)लाई स्वागत गरेर यसवर्ष ल्होसार पर्व मनाउन लागिएको हो ।
























