चितवन विशेष
राष्ट्रिय उपभोक्ता मञ्च चितवनको अध्यक्षमा जीवलाल पुरी
०

चितवन, पुस १४-
राष्ट्रिय उपभोक्ता मञ्च चितवनको अध्यक्षमा जीवलाल पुरी चयन भएका छन् ।लामो समयदेखि निष्क्रिय रहेको मञ्चले नयाँ अध्यक्ष पाएको हो ।
उपाध्यक्षमा केदार सुवेदी, प्रेम गैरे, शंकर आचार्य, महासचिवमा संगिताथापा मगर, सचिवमा रविन्द्र पन्थी चयन भएका छन् । यस्तै सदस्यमा शम्भु थापा, सम्झना भट्ट, विनोद अधिकारी, रमेश कुमाल, तुलमान घर्तीमगर, डिलु नेपाल, हेमा रिमाल रहेका छन् । सल्लाहकारमा डा. यामबहाुर विक र पूर्वबागमती प्रदेश सांसद रिना गुरुङ रहेका छन् ।
जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङको प्रमुख अतिथि रहेको कार्यक्रममा पुरानो कार्यसमितिलाई पूनर्गठन गरिएको हो । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनको समेत उपस्थिति रहेको थियो ।मञ्चको कोषाध्यक्ष केही समयपछि चयन गरिने जानकारी दिइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























