Breaking News

चितवनमा यस वर्षकै धेरै चिसो, तापक्रम ९ डिग्रीमा झर्‍यो, भरतपुरका उडान प्रभावित

Banner

पुजा ढकाल,

चितवन, पुस १४-

चितवनमा चिसो ह्वात्तै बढेको छ । बुधबार देखि चितवन सहित आसपासका जिल्लामा घाम लागेको छैन भने हुस्सु र चिसो हावा चलेको छ ।

भरतपुर विमानस्थलमा रेकर्ड भएको तापक्रम अनुसार चितवनमा मंसिर लगतै चिसो सुरु भएको हो । तर पुस महिनामा मंसिरको भन्दा चिसो अत्याधिक बढेको छ । भरतपुर नागरिक उड्डयन कार्यालयले दिएको जानकारी अनुसार बिहिबार बिहान चितवनको तापक्रम १० डिग्रीमा झरेको थियो । बुधबार भने भरतपुरको तापक्रम बिहानदेखि बेलुका सम्म ११ डिग्री रहेको उड्डयन कार्यालयले नारायणी अनलाइनलाई जानकारी दिएको हो । मंगलबार जिल्लाको तापक्रम ९ डिग्रीमा झरेको थियो । जुन चितवनको यस वर्षकै कम तापक्रम हो ।

भरतपुर विमानस्थलाले दैनिक बिहान ७ बजेदेखी बेलुका ४ बजेसम्म ९ उडान हुँदै आएकोमा मौसममा बदली भएसँगै विहान ११ बजेसम्म उडान नगरेको उड्यन कार्यालयले जनाएको छ । मौसम सुधार भएसँगै निरन्तर उडान हुनेछ ।

देशभरको मौसम

आज प्रदेश १ र सुदूर पश्चिम प्रदेशका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली हुन सक्ने मौसमविद्ले बताएका छन् । मौसमविद् अनुसार यी प्रदेशका उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपातको अनुामन पनि छ । अहिले काठमाडौैँै उपत्यकासहित तराईका जिल्लामा हुस्सु र कुहिरो लागेको छ । काठमाडौँै सहित पहाडी जिल्लामा लागेको हुस्सु कुहिरो हटेर मौसम सफा रहने अनुमान गरिएको छ । तर, तराईका धेरैजसो जिल्लामा भने दिउँसोसम्म नै हुस्सु र कुहिरो लाग्ने मौसमविद्ले बताए ।

त्यस्तै दैनिक बढ्दा विशेष गरी विद्यार्थी, मजदुर, बालबालिका, गरिब असहाय र ज्येष्ठ नागरिक बढी प्रभावित छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>