Breaking News

बागमती प्रदेशमा एमालेले संसदीय दलको नेता छान्दै,जेएन थपलिया सर्वसम्मत हुने

Banner

चितवन,पुस १४-

नेकपा एमालेले आज बिहीबार बागमती प्रदेशको संसदीय दलको नेता चयन गर्दैछ । संसदीय दलको नेता चुन्नका लागि अहिले ११ बजे बैठक बोलाइएको प्रदेश सभा सदस्य एकालाल श्रेष्ठले जानकारी दिए । एमाले संसदीय दलको बैठकबाट सर्वसम्मत रूपमा संसदीय दलको नेता छान्न प्रयास हुने उनले बताए ।

संसदीय दलको नेतामा पार्टीका केन्द्रीय सदस्य जेएन थपलिया सर्वसम्मत चयन हुने एमालेका नेताहरूले बताएका छन् । नेता थपलियाले १२ बजे भित्रमा संसदीय दलको नेताको विषयमा निर्णय आइसक्ने बताए । उनले भने, संसदीय दलको नेतामा मेरो पनि इच्छा हो । बैठक अगाडि म नैं नेता हुन्छु भनेर कसरी भनुँ । बैठकको निर्णय कुरिदिनुहोला ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>