बजार

विदेशबाट नेपाल आउने व्यक्तिले एउटा मोबाइल ल्याउन पाउने, १८ प्रतिशत कर लाग्ने

Banner

काठमाडौं, पुस १३-

अब विदेशबाट नेपाल आउने व्यक्तिले आफूसँग एउटा मात्रै मोबाइल फोन ल्याउन पाउने भएका छन्। व्यक्तिले प्रयोग गरिरहेको सहित थप एउटा मोबाइल ल्याएको छ भने दोस्रो मोबाइलको लागि भन्सार विभागलाई १८ प्रतिशत कर अनिवार्य तिर्नु पर्नेछ।

विदेशबाट झिटीगुन्टा सुविधाअनुसार प्रति व्यक्ति एक थान मोबाइल ल्याउन पाउने व्यवस्था छ। सोभन्दा बढी ल्याएमा भन्सार तिराउने वा जफत गर्ने अधिकार भन्सार विभागसँग हुन्छ, त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रवक्ता यमराज पाण्डे भन्छन्, यसभन्दा अघिसम्म हामीले व्यक्तिले पेश गरेको स्पष्टीकरण र पृष्ठभूमिको आधारमा दुई वटासम्म फोन ल्याउन दिएका थियौं। अब भने दोस्रो फोनको पनि भन्सार तिर्नैपर्ने हुन्छ।

उनका अनुसार एक जना व्यक्तिले दुईभन्दा बढी फोन ल्याएको खण्डमा जफत गरिनेछ। ती जफत भएका मोबाइलहरू सरकारले टेन्डर आह्वान गरेर बिक्री गर्छ। विभागले आगामी पुस १५ गतेदेखि मोबाइल भित्र्याउने नियमहरूमा कडाई गर्ने तयारी गरिरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>