Breaking News
अंग्रेजी नयाँ वर्ष मनाउन चितवन आए पूर्वराजा ज्ञानेन्द्र
०

चितवन,पुस १३-
अंग्रेजी नयाँ वर्ष मनाउन पूर्व राजा ज्ञानेन्द्र शाह चितवन आएका छन् । पूर्वरानी कोमल शाह र परिवारका अन्य सदस्यसंगै उनि आज (बुधबार) चितवन आएका हुन् । शाहलाई भरतपुरका विभिन्न ठाँउमा उनका समर्थकले स्वागत गरेका थिए । पूर्व राजा शाहा सिमराबाट सडक मार्ग हुँदै चितवन आएका हुन् ।
ज्ञानेन्द्र केही दिन चितवन बस्नेछन् । चितवनमा सुभेच्छुकसंग भेटघाट र छलफल पछि नयाँ बर्ष मनाएर काठमाडौं फर्कने कार्यक्रम रहेको बताइएको छ । निजी भ्रमणका लागि ज्ञानेन्द्र चितवन आएको पूर्वराजाको सचिवालयले जानकारी दिएको छ । उनि पटिहानीमा रहेको सोल्टी वेष्टन रिसोर्टमा बस्नेछन् । उनले चितवन राष्ट्रिय निकुञ्जमा जंगल सफारी समेत गर्ने कार्यक्रम तय गरिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























